माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

नौलो समाचार संवाददाता
२०७८ भाद्र ३१, बिहिबार मा प्रकाशित ४५९ पटक पढिएको
माधव नेपाल घर पोलेर खरानी घसी तीर्थयात्रामा निस्किए–ओली

भदौं ३१, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

१५/१५ वर्ष पार्टी चलाएका व्यक्तिले आफ्नो ईगोका लागि देश, जनता र लाखौँ कार्यकर्ता भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै ओलीले थप्नुभयो, ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन । तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपाल र प्रचण्डलाई खिस्याउँदै ओलीले ती पार्टीमा भएका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा फर्कन आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस