काभ्रेमा आज थपिए १० संक्रमित, ६ जना निको भए

१ हजार १७६ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र ३१, बिहिबार मा प्रकाशित ४७८ पटक पढिएको
काभ्रेमा आज थपिए १० संक्रमित, ६ जना निको भए

भदौ ३१, काभ्रे। काभ्रेमा आज १० जना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ६ जना मात्र संक्रमित उपचार पछी निको भएको थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १६० जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ६ जना, पनौतीमा १, मण्डनदेउपुरमा १ जना, तथा एन्टीजेन परिक्षणबाट  बनेपामा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४५४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी १ हजार १७६ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५४ हजार ९३८ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस