गीतकार बि पाण्डे संगीत रोयल्टी संकलन समाजको महासचिवमा सर्बसम्मत निर्वाचित

नौलो समाचार संवाददाता
२०७८ आश्विन २, शनिबार मा प्रकाशित ९११ पटक पढिएको
गीतकार बि पाण्डे संगीत रोयल्टी संकलन समाजको महासचिवमा सर्बसम्मत निर्वाचित

असोज २, भक्तपुर। संगीत रोयल्टी संकलन समाज नेपालको १२ औं साधारणसभाबाट संगीतकार सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। कोरोनाको महामारीको कारणले गर्दा दुई पटकसम्म हुन पुगेको १२ औं साधारणसभाले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो।

साधारणसभामा उठेका धेरै मुद्दाहरुमाथि छलफल र केही विवादहरुलाई सुल्झाउँदै रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति चयन भएको हो। संगीतकार महेश खड्काको नेतृत्वमा रहेको कार्यसमिति भंग भएपछि सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। अधिकारीले यसभन्दा अघि पनि ३ कार्यकाल रोयल्टी संकलन समाजको अध्यक्ष पदमा रहेर कार्य गरिसक्नुभएको छ।

भाद्र २९ गते भएको रोयल्टी संकलन समाजको १२ औं साधारणसभाबाट अधिकारीको नेतृत्वमा १० जना सदस्यहरु चयन भएका थिए। जसमा संगीतकारतर्फ वसन्त सापकोटा, शिरीष देवकोटा, पि.एन सापकोटा, रामु खड्का र गीतकार तर्फ उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बी. पाण्डे, सुवास रेग्मी, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन्। ३/३ जना गीतकार र संगीतकार खुलातर्फबाट आवश्यक पर्ने भए पनि १० जनाभन्दा माथिको उम्मेदवारी परेको थियो। तर लामो समयको कसरतपछि सबैलाई मिलाएर सर्वसम्मत कार्यसमिति चयन भएको हो।

नयाँ कार्यसमितिको बैठकबाट आज शनिबार कार्यसमितिको पद बाँडफाँड भएको छ। जसअनुसार अधिकारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बी. पाण्डेलाई चयन गरिएको छ।

त्यस्तै कोषाध्यक्ष पदका लागि संगीतकार वसन्त सापकोटा चयन हुनुभएको छ भने सदस्यहरुमा संगीतकारतर्फ शिरीष देवकोटा, पि.एन सापकोटा, रामु खड्का र गीतकार तर्फ सुवास रेग्मी, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन्। नव गठित समितिले संगीतको क्षेत्रलाई अझै उचाईमा पुराउनका लागि रोयल्टी संकलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

संगीत रोयल्टी संकलन समाज नेपालले देश भरिका गायक, गितकार र सङ्गितकार हरुको सृजनाहरु सार्बजनीक रुपमा प्रयोग भए बापत रोयल्टी संकलन गरि श्रष्ठालाई बितरण गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस