आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि लगाईदै

नौलो समाचार संवाददाता
२०७८ आश्विन ४, सोमबार मा प्रकाशित ८७६ पटक पढिएको

आजदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइने, काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि लगाईदै

असोज ४, काभ्रे। सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ।

हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ।

पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।

कुन जिल्लामा कुन उमेर समूहकालाई खोप?

मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्।

यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले यसपालि खोप लगाउन सक्ने पनि मन्त्रालयले जानकारी दिएको छ।

सरकारले बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष उमेरमाथिकालाई पनि खोप लगाउने भएको छ। साथै १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइनेछ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस