भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ६०३ पटक पढिएको

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ

असोज ५, काठमाडौं। भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ।

कम्पनीले ७० कबरोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदने असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस