पाँचखालमा गोरुको आक्रमणबाट एकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन ६, बुधबार मा प्रकाशित १०५७ पटक पढिएको
पाँचखालमा गोरुको आक्रमणबाट एकको मृत्यु

असोज ६, काभ्रे। गोरुको आक्रमणबाट पाँचखालमा एक जनाको मृत्यु भएको छ। पाँचखाल-६ स्थित सालघारीका ७० वर्षिय पद्म बहादुर खड्काको आफैंले पालेको गोरुको आक्रमणबाट मृत्यु भएको हो।

गोरु चराउन लाने क्रममा एक्कासि गोरुले आक्रमण गरेर सख्त घाईते भएका खड्कालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो।

घटना घटे लगत्तै खड्कालाई अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको मृतकको परिवारले जानकारी दिएको छ।

खड्कालाई सख्त घाईते गराएर गोरुले अन्य व्यक्तिलाई पनि आक्रमण गर्न थालेपछि स्थानिय र प्रहरी प्रशासनको सहयोगमा गोरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस