साहस उर्जाको आइपीओ : पहिलो दिनमै माग भन्दा बढी आवेदन

नौलो समाचार संवाददाता
२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ७८४ पटक पढिएको
साहस उर्जाको आइपीओ : पहिलो दिनमै माग भन्दा बढी आवेदन

असोज ६, काठमाडौं। साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै साहस उर्जामा माग भन्दा बढी आवेदन परेको छ।

कम्पनीको आइपीओमा ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएको सिडिएससीले जनाएको छ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रति कित्ता एक सय रुपैयाँका दरले ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदकले असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस