काठमाडौंमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

नौलो समाचार संवाददाता
२०७८ आश्विन ७, बिहिबार मा प्रकाशित ५८२ पटक पढिएको
काठमाडौंमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ

असोज ७, काठमाडौं। काठमाडौंमा झण्डै १९ लाख रुपैयाँसहित जुवातास खेल्ने पक्राउ परेका छन्।

गएराति साढे १२ बजे काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाण्डौको कपनबाट पनि जुवातास खेलिरहेका ६ जना २५ हजार ५ सय ५ रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस