अन अराइभल भिसा खुल्यो, खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने

नौलो समाचार संवाददाता
२०७८ आश्विन ७, बिहिबार मा प्रकाशित ८९५ पटक पढिएको
अन अराइभल भिसा खुल्यो, खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने
फाईल फोटो

असोज ७, काठमाडौं। काठमाडौं कोरोना महामारीका कारण बन्द भएको अनअराइभल भिसा खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बिहीवार एक आदेश जारी गर्दै अन अराइभल भिसा पाउने देशका कोरोना विरुद्धको खोप लगाएका नागरिकले त्रिभुवन विमानस्थलबाट अन अराइभल भिसा पाउने जनाएको छ ।

यस्तै हवाई उडानको चेक इन हुनुभन्दा ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट पनि आवश्यक पर्नेछ । पर्वतारोहण र पदयात्राका लागि आउने पर्यटकले अनुमतिको प्रतिलिपि र होटल बुक गरेको प्रमाण पनि देखाउनुपर्नेछ ।

यस्तै नेपाल आउने नागरिकको विमास्थलमा एन्टिजेन परीक्षण हुने र पोजेटिभ देखिएमा आइसाेलेशनमा जानुपर्नेछ । पीसीआर नेगेटिभ रिपोर्ट, विमानस्थलमा एन्टिजेन जाँचमा नेगेटिभ देखिएको र पूर्ण मात्रा खोप लगाएका पर्यटक सिधै गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

खोपको पूरा मात्रा नलगाएका पर्यटकको हकमा भने कम्तीमा १० दिन होटल क्वरेण्टीनमा यथावत् राखिएको छ । उनीहरूले ११ औँ दिनमा पीसीआर जाँच गर्ने र नेगेटिभ रिपोर्ट आएमा मात्रै घुम्ने गन्तव्यमा जान पाउने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस