काभ्रे धुलिखेलमा भएको सवारी दुर्घटनामा पाँचखालका एक जनाकाे मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन ९, शनिबार मा प्रकाशित १२४३ पटक पढिएको
काभ्रे धुलिखेलमा भएको सवारी दुर्घटनामा पाँचखालका एक जनाकाे मृत्यु

असोज ९, काभ्रे। काभ्रे धुलिखेलमा सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। धुलिखेल नगरपालिका-३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा माेटरसाइकल चालककाे मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार शुक्रबार राति बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश ३–०२००७ प ४०८८ नंको मोटरसाइकल धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ६२२० नंको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो।

घटनामा परी मोटरसाइकल चालक पाँचखाल नगरपालिका–११ का ३३ वर्षीय सुमन रेग्मी गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचारका क्रममा आज मुत्यु भएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो।

मृतक रेग्मीको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस