६ महिने बालकको विश्व कीर्तिमान (हेर्नुहोस भिडियो)

नौलो समाचार संवाददाता
२०७८ आश्विन ११, सोमबार मा प्रकाशित ५८० पटक पढिएको

६ महिने बालकको विश्व कीर्तिमान (हेर्नुहोस भिडियो)

असोज ११, काठमाडौं। एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन्। अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका छन्।

बालकले स्किइङ गरेको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यसमा देखिए अनुसार ती बालकले बोटबाट कनेक्टिड आइरन रडलाई बेस्सरी समातिरहेका छन् । यस्तै अर्कोतर्फ उनका पिता अर्को डुङ्गामा सवार छन् र उनले बच्चालाई हेरिरहेका छन् । ती बालकले लाइफ ज्याकेट पनि लगाइरहेका छन् ।

सुरक्षाका सबै उपाय अपनाएपछि बच्चालाई पानीमा उतारिएको हो । यो भिडियोलाई इन्स्टाग्राममा १३ सेप्टेम्बरमा सेयर गरिएको थियो । भिडियोमा हालसम्म लाखौं भ्युज र कमेन्ट आइसकेका छन् । यो भिडियोलाई ट्वीटरमा पनि सेयर गरिएको छ ।

सोसल मिडियामा मानिसहरुले विभिन्न प्रकारका कमेन्ट दिइरहेका छन् । केहीले वाटर स्किइङ गर्नका लागि बालकको उमेर निकै कम भएको बताएका छन् भने कतिले उनका पिताले पूरा सुरक्षाका साथ बच्चालाई पानीमा राखेको भन्दै तारिफ पनि गरेका छन् ।

भिडियो :-


प्रतिक्रिया दिनुहोस