देशभर थपिए १ हजार १५८ संक्रमित, १२ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन १२, मंगलबार मा प्रकाशित ५५८ पटक पढिएको
देशभर थपिए १ हजार १५८ संक्रमित, १२ जनाको मृत्यु

असोज १२, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ५८ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा ११ हजार ६७२ पीसीआर तथा २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ५८ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २७०, ललितपुरमा ६९ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् ।

आज मंगलबार १३ सय १८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार ४२२ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस