पनौती नगरपालिकामा एक सातासम्म कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १२, मंगलबार मा प्रकाशित ७०२ पटक पढिएको
पनौती नगरपालिकामा एक सातासम्म कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईने

असोज १२, काभ्रे। विश्व रेबिज दिवसको अवसरमा पनौती नगरपालिकाले कुकुरको निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप कार्यक्रम सुरु गरेको छ।

आज असोज १२ गतेदेखि १८ गतेसम्म सामुदायिक तथा छाडा कुकुरलाई निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने नौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो।

आज काभ्रेका विभिन्न पालिकामा रेबिज विरुद्धको एक साता लामो जनचेतना कार्यक्रमको सुरुवात गरिएको छ। बौलाहा कुकुरको टोकाईबाट काभ्रेमा एक वर्ष भित्र पाँच जना नागरिकले ज्यान गुमाएका छन् । भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रका प्रमुख डा. मोगलप्रसाद शाहका अनुसार कुकुरको टोकाईबाट दुई जना बालक, दुई युवासहित ८० बर्षिय जेष्ठ नागरिकको निधन भएको छ ।

पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखाको आयोजनामा नेपाल अनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग र रोटरी क्लब अफ पनौतीको सहकार्यमा कार्यक्रम सुरु भएको हो। आज पहिलो दिन पनौती नगरका सामुदायिक तथा छाडा गरी २० भन्दा बढी कुकुरलाई निःशुल्क रेबिज विरुद्धको खोप र बन्ध्याकरण गरिएको प्रमुख सापकोटाले जानाकारी दिनुभयो।

उक्त कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, उप-प्रमुख गीता बन्जारा, कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटा, पशु स्वस्थ्यकर्मी, आयोजक प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

विश्व रेबिज दिवसको अवसरमा कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटासंगको कुराकानी:-

प्रतिक्रिया दिनुहोस