धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १२, मंगलबार मा प्रकाशित १३५४ पटक पढिएको

धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने

असोज १२, काभ्रे। धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ। बिजया दशमी-२०७८ को शुभ अवसरमा Batch No.2065 धुलिखेको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिता धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित एसआर फुटसल श्रीखण्डपुरमा यहि असोज २३ गते हुनेछ।

प्रतियितामा प्रथम हुने टीमले नगद रु. १ लाख रुपैंया हात पार्ने छ भने दोश्रो हुनेले नगद ५० हजार प्राप्त गर्ने आयोजकको तर्फबाट रबिन खड्गीले जानकारी दिनुभयो।

प्रतियितामा सहभागिताको लागि ५ हजार दर्ता शुल्क तोकिएको छ। अन्तिम दर्ता मिति असोज २० गतेसम्म तोकिएको छ।

काभ्रे जिल्ला फुटबल संघ र एसआर फुट्सलको प्राविधिक सहयोग रहेको छ। प्रतियिताका खेलहरु गोल नेपाल डटकम, नेवा टिभी एचडी र नेपाल सपोर्ट च्यानलबाट प्रत्येक्ष प्रशारण हुने आयोजकले जाकारी दिएको छ।

थप जानाकारीकोलागि सम्पर्क न:- ९८४९५७९५५३,९८४११०५२४७ मा फोन गर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस