भारतको सहयोगमा काभ्रेमा पुनःनिर्माण गरिएका ६ विद्यालय हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ आश्विन १३, बुधबार मा प्रकाशित ७२५ पटक पढिएको
भारतको सहयोगमा काभ्रेमा पुनःनिर्माण गरिएका ६ विद्यालय हस्तान्तरण

असोज १३, काभ्रे। भारत सरकारको सहयोमा भूकम्पले क्षति गराएको विद्यालयहरुमध्ये काभ्रेको ६ वटा सामुदायिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ।

भारत सरकारले काभ्रेका ६ वटा विद्यालयलाई आवश्यक रहेको भवनसँगै शौचालय, कम्पाउण्ड, फर्निचरको लागि २५ करोड भन्दा धेरै लगानी गरेको छ।
भारत सरकारको सहयोगमा बनेका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्नपश्चात आज बुधबार हस्तान्तरण गरिएको हो।
पूर्व, सञ्चार तथा सूचना प्रविधी मन्त्रि एंव काभ्रे निर्वाचन क्षेत्र नं २ का संघीय सांसद गोकुल बाँस्कोटा र भारतीय विदेश विभाग सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रुपमा विद्यालय समुदायलाई हस्तान्तरण गर्नुभएको हो।

सो कार्यक्रममा काभ्रे निर्वाचन क्षेत्र नं १ का संघीय सांसद गंगाबहादुर दोङ, बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिं वादेको उपस्थितीमा समुदायलाई हस्तान्तरण गरिएको हो।

भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बनेपा नगरपालिकाको आजाद माध्यमिक विद्यालय, पनौती नगरपालिकाको शारदा माध्यमिक विद्यालय, चौंरीदेउराली गाउँपालिकाको खाँडादेवि माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाको दुग्धेश्वर माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न गरेर विद्यालय व्यवस्थापन समितीमार्फत समुदायलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस