पनौती खोपासीमा नगरस्तरीय अस्पताल बन्ने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १३, बुधबार मा प्रकाशित ४६२ पटक पढिएको

पनौती खोपासीमा नगरस्तरीय अस्पताल बन्ने

असोज १३, काभ्रे। काभ्रेको पनौती नगरपालिका वडा नम्बर-१० खोपासीमा नगरस्तरीय अस्पताल स्तरीय अस्पताल बन्ने भएको छ। अस्पतालको आज बुधबार पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटा र भारतका विदेश सह- सचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण मार्फत भारत सरकारको आर्थिक सहयोगमा खोपासी प्राथामिक उपचार केन्द्रको पुनः निर्माण गर्न लागिएको हो। खोपासी प्राथामिक उपचार केन्द्र २०७२ साल बैशाख १२ गते र त्यसपछिका भुकम्पले क्षति पुगेको थियो।

२५ बेड क्षमताको अस्पताल निर्माण हुनेछ । अस्पताल १० करोड लागतमा निर्माण हुने नगरप्रमुख भिम न्यौपानेले बताउनुभयो । अब यो नगरस्तीय अस्पतालमा परिणत भएको छ।

अस्पताल निर्माणका लागि स्थानीयहरुले १६ रोपनी जग्गा दान दिएका छन् । अस्पताल १८ महिनाभित्र निर्माण पुरा हुने नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

पनौती सहित काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक र खानीखोला गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा अधिकांश बिरामी स्वास्थ्य उपचारका लागि धुलिखेल, बनेपा लगायतका सहरका अस्पताल धाउन बाध्य छन् ।


प्रतिक्रिया दिनुहोस