काभ्रे जिल्लाभर ६५ जना सक्रिय संक्रमित, आज ५ संक्रमित थपिदा, १४ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ आश्विन १३, बुधबार मा प्रकाशित ६४६ पटक पढिएको
काभ्रे जिल्लाभर ६५ जना सक्रिय संक्रमित, आज ५ संक्रमित थपिदा, १४ जना निको भए

असोज १३, काभ्रे। काभ्रेमा आज ५ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर १४ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ६५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

काभ्रेका पाँच वटा पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ।

यस्तै आज काभ्रेमा थपिएका ५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा ४, पनौतीमा १ जना संक्रमित थपिएका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ५७५ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी २ हजार २३८ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ९५ हजार ५३० जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस