काभ्रेमा आज १८ जना संक्रमित थपिए, ७ जना निको भए

३ हजार ७१६ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ आश्विन १४, बिहिबार मा प्रकाशित ६३६ पटक पढिएको
काभ्रेमा आज १८ जना संक्रमित थपिए, ७ जना निको भए

असोज १४, काभ्रे। काभ्रेमा आज १८ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ७ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ७६ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ४ जना, धुलिखेलमा ३, पनौतीमा ३, बेथानाचोकमा १, पाँचखालमा १, रोशीमा १ जना तथा एन्टीजेन परिक्षणबाट बेथानाचोकमा २, नमोबुद्धमा ३ जना संक्रमित थपिएका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ५९३ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी ३ हजार ७१६ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ९९ हजार २४६ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस