धुलिखेल अस्पतालका बेतलवी कर्मचारीको व्यवहारमा रूखोपन, अस्पतालप्रति सेवाग्राहीको असन्तुष्टि

१४ सय स्वास्थ्यकर्मी र कर्मचारीको भदौको तलब रोकियो
नौलो समाचार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित १४९६ पटक पढिएको

धुलिखेल अस्पतालका बेतलवी कर्मचारीको व्यवहारमा रूखोपन, अस्पतालप्रति सेवाग्राहीको असन्तुष्टि

असोज १५, काभ्रे। अस्पतालले दिने सेवा र कर्मचारीको व्यवहारमा प्रति सेवाग्राहीले असन्तुष्टि जनाउन थालेका छन्। अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको गुणस्तर खस्क्दिैँ गएको सेवाग्राही बताउँछन्।

त्यसो त, अस्पतालका स्वास्थ्यकर्मीलाई न त कोरोना जोखिम भत्ता, न त तलव ? चिड्चिडापन त अवश्य हुदो हो। तर पनि स्वास्थमा सेवा लिन आएका सेवाग्राहीलाई तुच्छ व्यवहारमा गर्न भने कदापि पाईदैन।

कोरोनाको पहिलो र दोस्रो लहरमा ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मी र अन्य कर्मचारी गरी ७ सय जनाले अझै जोखिम भत्ता पाएका छैनन्

पछिल्ला दिनहरुमा भने अस्पतालले प्रदान गर्ने सेवाप्रति असन्तुष्ट जनाउँदै सेवाग्राहीले आलोचना गर्न थालेका हुन्। डिस्चार्ज नगद शाखा, एक्सरे शाखा लगायत केहि कर्मचारीको व्यवहारप्रति आक्रोश पोख्दै सामाजिक संजालमा लेखना थालेका छन्। एक सेवाग्राहीले फेसबुकमा लेखेका छन्, ‘धुलिखेल अस्पतपालतको डिस्चार्ज नगद शाखाको कर्मचारीको कति तुच्छ बोली, किन त्यस्तो व्यवहार गर्छन् ? बेलैमा अस्पताल प्रशासनको ध्यान जाओस् ।’

त्यस्तै अर्का सेवाग्राहीको गुनासो पनि त्यस्तै छ, ‘अस्पतालको कम्प्युटर बिग्रोकाले दिउँसो २ बजेदेखि डिस्चार्जको लागि बिरामी कुरेर बस्नुपरेको छ ।’ यी यस्तै विभिन्न कारण देखाउँदै अस्पतालले बिरामीलाई दुःखमाथि अर्को दुःख थप्ने गरेको भन्दै सेवाग्राही गुनासो गर्छन् । अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको गुणस्तर खस्क्दिैँ गएको सेवाग्राही बताउँछन् ।

आर्थिक संकटमा धुलिखेल अस्पताल

दुई चरणकै कोरोना संक्रमणमा जोखिम भत्ता प्राप्त गर्न नसकेका धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीले तेस्रो चरणको संक्रमण आयो भने काम गर्न नसक्ने अवस्था सृजना भएको छ। कर्मचारीलाई तलब समेत खुवाउन नसकेको धुलिखेल अस्पताल आर्थिक संकटको बाटोतिर लागेको छ। स्वास्थ्य बिमा र कोरोना उपचारबापतको रकम भुक्तानी दिन नसकेको हो।

अस्पतालका प्रशासक प्रध्युमन श्रेष्ठका अनुसार कोरोना उपचार र स्वास्थ्य बिमाबापत सरकारबाट करिब २६ करोड रुपैयाँ पाउन बाँकी छ । भुक्तानी रोकिँदा भदौदेखिकै तलब र स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिइएको छैन । अस्पतालमा स्वास्थ्यकर्मी र प्रशासनिकतर्फ गरी १४ सय कर्मचारी कार्यरत छन् । ‘महिनामा ७ करोड रुपैयाँ तलबमा मात्रै खर्च हुन्छ । भदौ र असोजको तलब र दसैं पेस्कीसमेत गर्दा कर्मचारीलाई १९ करोड भुक्तानी दिनुपर्ने अवस्था छ ।’

श्रेष्ठका अनुसार कोरोना उपचार र स्वास्थ्य बिमाबापत सरकारबाट करिब २६ करोड रुपैयाँ पाउन बाँकी छ । भुक्तानी रोकिँदा भदौदेखिकै तलब र स्वास्थ्यकर्मीलाई जोखिम भत्तासमेत दिइएको छैन । अस्पतालमा स्वास्थ्यकर्मी र प्रशासनिकतर्फ गरी १४ सय कर्मचारी कार्यरत छन् । ‘महिनामा ७ करोड रुपैयाँ तलबमा मात्रै खर्च हुन्छ । भदौ र असोजको तलब र दसैं पेस्कीसमेत गर्दा कर्मचारीलाई १९ करोड भुक्तानी दिनुपर्ने अवस्था छ,’ उनले भने ।

अस्पताल सञ्चालनमा नै समस्या भएपछि पहिलो लहरमा अस्पतालमा कार्यरत अधिकृत तहभन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत र त्यसभन्दा तल्लो तहमा कार्यरतको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । ‘काम गर्दैनौं भन्न नैतिकताले दिँदैन तर उत्साह भने छैन,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने ।

स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप भने बढ्दो छ । दैनिक ७ सयदेखि १४ सय जनासम्मले सेवा लिइरहेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस