आज पनौती नगरका १२ वटै वडामा भेरोसेलाको पहिलो खोप दिईदै

नौलो समाचार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित ५८५ पटक पढिएको
आज पनौती नगरका १२ वटै वडामा भेरोसेलाको पहिलो खोप दिईदै

असोज १५, काभ्रे। पनौती नगरका १२ वटै वडामा आज हालसम्म कोरोना बिरुद्धको कुनै पनि खोप नलगाएका नागरिकलाई पनौतीमा खोप लगाईने भएको छ।

नगरपालिकाद्वारा जारी सूचनामा हालसम्म कोरोना बिरुद्धको कुनै पनि खोप नलगाएका नागरिकलाई भेरोसेलाको पहिलो मात्रा खोप लगाईने छ।

आज (शुक्रबार) बिहान १०:३० देखि दिउसो ३:३० सम्म उपस्थित भई खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ।

खोप लगाउन जादा नागरिकता वा आफ्नो परिचय खुल्ने कागजात साथमा लिएर आउन सबैमा अनुरोध गरिएको छ।

साथै आफ्नो वडाको खोप केन्द्र भिडभाड नगरी अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस