काभ्रेमा आज १६ संक्रमित थपिदा, ७ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित ४४८ पटक पढिएको

काभ्रेमा आज १६ संक्रमित थपिदा, ७ जना निको भए

असोज १५, काभ्रे। काभ्रेमा आज १६ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ७ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ८५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १६ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ३ जना, धुलिखेलमा २, पनौतीमा २, भुम्लुमा १ तथा एन्टीजेन परिक्षणबाट बनेपामा २, नमोबुद्धमा २, पनौतीमा ३, पाँचखालमा १ जना संक्रमित थपिएका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ६०९ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी ८ हजार५ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी ३ लाख ७ हजार २५१ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस