बागमती टिपर व्यवसायी संघ: सुरेश खत्रीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमति चयन

नौलो समाचार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित ८२७ पटक पढिएको
बागमती टिपर व्यवसायी संघ: सुरेश खत्रीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमति चयन

असोज १५, काभ्रे। बागमती टिपर व्यवसायी संघ काभ्रेको १० अधिवेशनबाट सुरेश खत्रीको अध्यक्षतामा १६ सदस्य नयाँ कार्यसमति चयन भएको छ। आज (शुक्रबार) भएको अधिवेशनले खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको बरिष्ठ उपाध्यक्षमा नवीन बैद्य, उपाध्यक्षमा नरेन्द्र बादे, उपाध्यक्ष ठाकुर गौतम, सचिव राजेश खत्री, सहसचिव राजनप्रसाद पौडेल, कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठ र सहकोषध्यक्षमा निर्मल श्रेष्ठ सर्वसम्वत चयन भएका छन्।

यसैगरी कार्यसमिति सदस्यमा बद्री पुरकुटी, पूर्णबहादुर श्रेष्ठ, अजय कार्की, दीपक अधिकारी, सुन्जित तामाङ, जुलियस खड्का, टिकाप्रसाद हुमागाई र सुदर्शन खत्री चयन भएको निर्वाचन समितिका संयोजक सुरकृष्ण बैद्यले जानकारी दिनुभयो।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई टिका तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो। कार्यक्रमको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गर्नुभएको थियो। कार्यक्रम बनेपाको गौतम भिलेज रिर्सोटमा भएको थियो।

प्रतिक्रिया दिनुहोस