७० करोडकाे कथाको अदृश्य पात्र पुष्पकमल दाहाल हुन् : गोकुल बाँस्कोटा

नौलो समाचार संवाददाता
२०७८ आश्विन १६, शनिबार मा प्रकाशित ७७६ पटक पढिएको
७० करोडकाे कथाको अदृश्य पात्र पुष्पकमल दाहाल हुन् : गोकुल बाँस्कोटा

असोज १६, काभ्रे। नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले ७० करोडको कथाको अदृश्य पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको आरोप लगाउनुभएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले बनेपामा आज (शनिबार) आयोजना गरेको कार्यक्रममा नेता बाँस्कोटाले जनताले त्यसको हिसावकिताव गर्ने बताउनुभयो।

अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो।

बाँस्कोटाले यस विषयमा आफूसँग सिधा बहस गर्नसमेत चुनौती दिनुभएको छ। उहाँले तथ्यका आरधारमा यस विषयमा टुँडिखेलमा, काभ्रेमा, टेलिभिजन च्यानलहरूमा बहस गर्न तयार रहेको बताउनुभयो। उहाँले अध्यक्ष दाहाल र आफ्नो बारेमा लागेको आरोपबारे छानविन गर्न पनि माग गर्नुभयो।

फरक प्रसङ्गमा नेता बाँस्कोटाले दाहाललाई गठबन्धनबाट चुनाव लड्न काभ्रे आउन चुनौती दिनुभयो। पाँचवटै दल मिलेर चुनावमा आए पनि पराजित गर्ने उहाँले जिकिर गर्नुभयो । राजनीतिक रूपमा माओवादीले आत्महत्या गरिसकेको उहाँको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस