पाँचखालका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थपाना गरिने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १६, शनिबार मा प्रकाशित ७४६ पटक पढिएको

पाँचखालका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थपाना गरिने

असोज १६, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थपाना गरिने भएको छ। लवग्रीन नेपालले पाँचखाल नगरपालिकाका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थापना गर्ने विषयमा पाँचखाल नगरपालिकासंग सम्झौता गरेको छ। ईलेक्ट्रोनिक्स पुस्तकालय सुरुवातको क्रममा पाँचखाल नगरपालिकमा रहेको गोल्मादेवी आधारभूत विद्यालय र बाल प्रतिभा निम्न माध्यमिक गरेको छ ।

पुस्तकालयमा विद्यार्थीहरुले आफ्ना विषयगत पुस्तकहरु साथै विविध सिकाईका विधि र सामग्रीहरु पाउने छन् । पुस्तकालयबाट शिक्षकहरुलाई सममेत अध्ययन पुनर्ताजगी गर्ने राम्रो अवसर प्राप्त हुने भएको छ ।

सम्झौताको क्रममा पाँचखाल नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल, लवग्रीन नेपालको तर्फबाट महा–सचिव रजिव रत्न शाक्य, सम्बन्धित वडाका वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त विद्यालयहरुमा १८ फिट लम्बाई, १४ फिट चौडाई र बरण्डा समेत भएको सानो पक्की भवन निर्माण गरि ६ वटा कम्प्यूटर, फर्निचर, आवश्यक पुस्तक र एउटा तथ्याँक अपलोड हुने डिभाईसको व्यवस्था मिलाएको छ।

सम्झौता पत्रमा हस्ताक्षर भई सकेपछि नगर प्रमुख महेश खरेलले पाँचखालका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न यो एउटा नयाँ आयाम भएको बताउनुभयो। उहाँका अनुसार लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले सुरुवातिको क्रममा सुरुगरिएको पुस्ताकालय नमुनाको रुपममा स्थापना गरिने र पछि सवै सामुदायिक विद्यालयमा स्थापना गर्न संस्थाले दातृ समुदाय संग पहल गरिनेछ ।


प्रतिक्रिया दिनुहोस