पनौती नगरपालिकाको बोर्ड बैठक कांग्रेसद्वारा बहिष्कार

नौलो समाचार संवाददाता
२०७८ आश्विन १८, सोमबार मा प्रकाशित ७६१ पटक पढिएको

पनौती नगरपालिकाको बोर्ड बैठक कांग्रेसद्वारा बहिष्कार

असोज १८, काभ्रे। पनौती नगरपालिकाको बोर्ड बैठक कांग्रेसले बहिष्कार गरेको छ ।

नगरपालिकाको १३१औँ नगरपालिकालाई आर्थिक रुपले भार पर्नेगरी भोज भतेर गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको भन्दै बहिष्कार गरिएको कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बताएका छन् ।

नगरपालीकामा बैठक हल हुँदा हुँदै जनताले आफ्नो गास काटेर कर तिरेको रकम विकास निर्माणको काममा खर्च नगरी एकलौटी ढंङ्गले रिसोर्टमा बौठकको आयोजना गरेको पनौती वडा न. १० का कार्यवाहक वडा अध्यक्ष सरीता नेपालले बताउनुभयो ।

यस्तै,  वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईं, वडा नंं ६ का अध्यक्ष सुधिर सापकोटा, वडा नं ७ का अध्यक्ष रामचन्द्र नास्नानी, वडा नं ८ का अध्यक्ष केशब बन्जारा, वडा नं ११ का अध्यक्ष तारामान लामाले होटल डाईमण्ड हिलमा नगरपालिकाको बोर्ड बैठक राख्नुले राम्रो सन्देश नगएको भन्दै विज्ञप्ती निकालेर बहिष्कारको घोषणा गरेका हुन् ।

बहिष्कारको घोषणा पछि वडा अध्यक्षहरुले कांग्रेस पनौती नगरसभापती रामशरण भण्डारी समक्ष जानकारी गराएका थिए।

विज्ञप्ती

 

 

 


प्रतिक्रिया दिनुहोस