किसानको गोठ मै पुगेर पनौती नगरले मनायो ‘विश्व पशुपन्क्षी दिवस’

नौलो समाचार संवाददाता
२०७८ आश्विन १८, सोमबार मा प्रकाशित १००० पटक पढिएको
किसानको गोठ मै पुगेर पनौती नगरले मनायो ‘विश्व पशुपन्क्षी दिवस’

असोज १८, काभ्रे। पनौती कृषि तथा पशुपन्क्षी शाखाले विश्व पशुपन्क्षी दिवस मनाएको छ । शाखाले किसानको गोठ मै पुगेर सोमबार विश्व पशुपन्क्षी दिवस मनाएको थियो ।

पनौती नगरपालिका वडा न ८ मा रहेको मल्पी पशुपालन कृषक समूहको पशुपालन फर्ममा पुगेर विश्व पशुपन्क्षी दिवस मनाएको पनौती कृषि तथा पशुपन्क्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । किसान कै गोठमा पुगेर विश्व पशुपन्क्षी दिवस मनाऔ भनेर मनाएका हौँ । उहाँका अनुसार उक्त वैदेशिक रोजगारीबाट फर्किएका २२ जना इन्जिनियर पाँच जना लगायत ३० युवाको सहभागितामा सञ्चालन रहेको छ । उक्त फर्ममा १८ भैँसी एक गाई, ११ वटा पाडापाडी रहेका छन ।

उक्त कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख न्यौपानेले मुलुकलाई समृद्ध बनाउने हो भने कृषि र पशुपालनलाई राज्यले ध्यान दिनु पर्नेमा जोड्दिनुभयो । अबको समय भनेको काम गरेर खानेको हो, नगरप्रमुख न्यौपानेले भन्नुभयो, जुन काम गरेका छौँ, त्यही काममा निरन्तता दिन सक्नुपर्छ ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वडा न ८ का वडा अध्यक्ष केशव बन्जारा, सञ्चारकर्मी मधुसुधन गुरागाई, मल्पी पशुपालन कृषक समूहका अध्यक्ष भीमसेन बस्नेत लगातयले विश्व पशुपन्क्षी दिवसको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस