६६ औं प्रहरी दिवस: काभ्रेमा ६० जनाले गरे रक्तदान

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ५६५ पटक पढिएको

६६ औं प्रहरी दिवस: काभ्रेमा ६० जनाले गरे रक्तदान

असोज १९, काभ्रे। ६६ औं प्रहरी दिवस-२०७८ को अवसरमा काभ्रेमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा धुलिखेल–७, सरस्वती बजारमा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्।

उक्त कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय काभ्रे, संघिय प्रहरी गुल्म काभ्रे, जिल्ला प्रहरी कार्यालय, काभ्रे तथा मातहत प्रहरी ईकाईबाट ४४ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जना, रा.अ.वि. धुलिखेलबाट १ जना, पत्रकारबाट २ जना, सर्वसाधारणबाट ११ जना गरी ६० जनाले रक्तदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेल रहनुभएको थियो।

नेपाल रेडक्रश सोसाईटी अफ बनेपा शाखाले रक्तदान कार्यक्रममा रगत संकलन गरी सहयोग गरेको थियो भने कार्यक्रम व्यबस्थापन जिल्ला प्रहरी कार्यालय र धुलिखेल पार्टी प्यालेसले गरेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, श्री नं. १५ गण हे.क्वा. पाँचखालका सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान बिभाग धुलिखेलका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिना, धुलिखेल नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रोमी प्रसाद ब्यान्जु श्रेष्ठ, रेडक्रश सोसाईटीका प्रतिनिधीहरुको सहभागी थियो।


प्रतिक्रिया दिनुहोस