काभ्रे जिल्लाभर ८५ जना सक्रिय संक्रमित, आज थपिए ३ जना

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ३९७ पटक पढिएको
काभ्रे जिल्लाभर ८५ जना सक्रिय संक्रमित, आज थपिए ३ जना

असोज १९, काभ्रे। काभ्रेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन्। आज जिल्लाभर कुनै पनि संक्रमित  डिस्चार्ज नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ८५ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा १ जना, धुलिखेलमा १, पाँचखालमा १ जना संक्रमित रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ६२२ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी २ हजार ८६७ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी ३ लाख २० हजार ४४३ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस