वडा दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै, बिहान ११ः ४६ बजे शुभ साइत

नौलो समाचार संवाददाता
२०७८ आश्विन २१, बिहिबार मा प्रकाशित ५५० पटक पढिएको
वडा दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै, बिहान ११ः ४६ बजे शुभ साइत

असोज २१, काठमाडौं। हिन्दू नेपालीहरुको ठूलो चाड वडादशैं आजदेखि शुरु हुँदैछ।

महान चार्ड वडा दशैंको पहिलो दिन आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् । घटस्थापनाको साइत आज बिहान ११ बजेर ४६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजेर ४६ मिनेट अघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने समितिले जनाएको छ।

शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाउने गरिन्छ।

शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेष रूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना संक्रमणका कारण भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस