काभ्रेमा कोरोना बढ्यो, आज २४ जना थपिए, ९ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित ४५८ पटक पढिएको

काभ्रेमा कोरोना बढ्यो, आज २४ जना थपिए, ९ जना डिस्चार्ज

असोज २२, काभ्रे। काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ९ जना संक्रमित उपचार पछी डिस्चार्ज भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १०९ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज काभ्रेमा थपिएका २४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ९ जना, धुलिखेलमा ९, पाँचखालमा ३, पनौतीमा १, नमोबुद्धमा १, मण्डनदेउपुरमा १  जना संक्रमित रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ६६५ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी ५ हजार ३३६ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी ३ लाख ३० हजार ७५९ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस