साहित्यकार लाकोजूको ‘मकरको कथा’ र ‘स्टोरी अफ मकर’को समिक्षा

नौलो समाचार संवाददाता
२०७८ आश्विन २३, शनिबार मा प्रकाशित १२६५ पटक पढिएको

साहित्यकार लाकोजूको ‘मकरको कथा’ र ‘स्टोरी अफ मकर’को समिक्षा

असोज २३, काभ्रे।  नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको मकरको कथा र स्टोरी अफ मकर नामक बालचित्र कथाको परिचर्चा सम्पन्न भएको छ। बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यानमा आधारित रहेको छ।

अंग्रेजी र नेपाली भाषामा प्रकाशित सो पुस्तकको अन्तरक्रिया वरिष्ठ साहियकार मोहन दुवालको प्रमुख आतिथ्यतामा भएको छ। वरिष्ठ साहित्यकार मोहन दुवालले सो कार्यक्रममा अक्षरको खेती भनेको चेतनाको कर्म भएको बताउनु भयो। एक प्रसंगमा उहाँले साहित्यकार सूर्य लाकोजू काभ्रे जिल्लाबाट साहित्यिक पत्रकारिता गर्दै साहित्य सिर्जिना गर्दै राष्ट्रमा पुगेको र नामजस्तै सूर्य भएर चम्किएको बताउनुभयो।

सो दुई बालपुस्तकका बारेमा साहित्यकार गिता रेग्मी र कवि रामसुन्दर देउजाले टिप्पणी गरेका थिए । आकर्षक रंगिन चित्रकथाले सजिएको पुस्तकमा प्रकाश रंजितका चित्र छन । कार्यक्रममा विजय कर्माचार्य, तुयुकाजी ताम्राकार, ध्रुबकृष्ण ताम्राकार, सुभद्रा दहाल, गिता दहालदहाल,पुरुशोत्तम ताम्राकार लगायतले सिर्जना वाचन पनि गरेका थिए ।

नेपाली साहित्यका कविता, निबन्ध, हाइकु, नियात्रा, कथ अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरुको मेला, पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्वर्षे मकरमेला, स्मृतिका आलेखहरु प्रेरणाको चौतारी, गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरु, घामको चुम्वन, अक्षरका स्वरहरु, सुसेली , यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन गरी करिव दुई दर्जन भन्दा बढी साहित्यि कृतिहरू प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस