एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छाड्छौ: नेकपा एसका अध्यक्ष नेपाल

नौलो समाचार संवाददाता
२०७८ आश्विन २३, शनिबार मा प्रकाशित ७४१ पटक पढिएको
एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छाड्छौ: नेकपा एसका अध्यक्ष नेपाल

असोज २३, काभ्रे। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई राम्रो काम नगरे फिर्ता बोलाउने चेतावनी दिनुभएको छ ।

आज काभ्रेको बनेपामा जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जनताको भावना विपरित काम गरे तत्कालीन फिर्ता बोलाउने चेतावनी दिनुभएको हो ।

कार्यक्रमा अध्यक्ष नेपालले दुई वटा प्रदेशमा (एकीकृत समाजवादी) को मुख्यमन्त्री सहितको सरकार बन्ने बताउनुभयो । प्रदेश नम्बर १ र बागमती प्रदेशमा छिट्टै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पालामा भएको ईलामको चिया उधोगको जग्गा प्रकारणमा भ्रष्टाचार भएको उल्लेख गर्दै यो गर्ने छुट कसैलाई नभएको बताउनुभएको हो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको दम्ब ढालेरै छोड्ने दाबी गर्नुभयो ।

नेकपा एस कुनै व्यक्तीबादी पार्टी नभएको भन्दै नेपालले कोहीलाई पनि भ्रष्टाचार गर्ने छुट नभएको बताउनुभयो। उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादिका नेता तथा संविधान सभा सदस्यद्धय कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा, पार्टी जिल्ला कमिटिका अध्यक्ष टोक बहादुर वाईबा, प्रदेश सभा सदस्यद्धय बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, जिल्ला सचिव दिपक गौतम, युवा संघ नेपालका केन्द्रिय सदस्य भेषराज शाह, विद्यार्थीका जिल्ला अध्यक्ष बदन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस