पनौतीमा सफलताको कथा तथा शुभकामना आदान प्रदान

नौलो समाचार संवाददाता
२०७८ आश्विन २४, आईतबार मा प्रकाशित ७५३ पटक पढिएको
पनौतीमा सफलताको कथा तथा शुभकामना आदान प्रदान

असोज २४, काभ्रे। आज नवरात्रीको चौथो दिन पनौती प्राविधिक शिक्षालयमा साहित्यकारहरूका माझ सफलताको कथा प्रस्तुत गरिएको छ। प्राविधिक शिक्षालयका प्राचार्य श्री दीपक अर्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पनौती प्राविधिक शिक्षालयमा अध्ययन गरेर सफलता हासिल गरेका पूर्व विद्यार्थीहरूले सफलताका कथाहरू प्रस्तुत भएका थिए।

हाल जापानमा रहेका र त्यहाँ लामो समयसम्म टोयोटा कम्पनीमा सुपरभाइजर भएर काम गरिसकेका रविन सैंजू लगायत नेपालकै विभिन्न स्थानमा पढाई अनुसारको काम सफलतापूर्वक गरिरहेकाहरूले अनुभव साटासाट गरेका थिए।

नियात्रा समाजका कोषाध्यक्ष तथा साहित्यकार गीता रेग्मीको विषेश पहलमा सम्पन्न सो कार्यक्रमा अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले संघर्ष जीवनको पर्याय भएकोले सफलता पाउन संघर्ष अनिवार्य रहेको विचार ब्यक्त गर्नुभएको छ। परिश्रम विना सफलताको उज्योलो देख्न नसकिने विचार उहाँको थियो।

सोही कार्यक्रममा साहित्यकार डा. सुमनराज ताम्राकारले शिक्षक र विद्याथी बीचको सम्बन्का बारेमा बोल्नुभएको थियो। अर्का साहित्यकार तुयुकाजी ताम्रकारले शिक्षा भनेको चेतनाको मोती भएको विचार पोख्नुभयो । कार्यक्रमका संयोजक साहित्यकार गीता रेग्मीले साहित्य र शिक्षालाई जोड्नका लागि आजको यो कार्यक्रम नियात्रा समाजले गरेको बताउनु भयो । एक उहाँले प्रसंंगमा शिक्षा र साहित्य दुबै चेतनाको कर्म भएको विचर राख्नुभयो ।
कार्यक्रम पनौती प्राविधिक शिक्षालयका सहप्राचार्य मृगेन्द्र प्रधानले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस