कोभिड-१९ बाट मृतकका परिवारलाई पनौती नगरपालिकाद्वारा जनही २५ हजार सहयोग

नौलो समाचार संवाददाता
२०७८ आश्विन २४, आईतबार मा प्रकाशित ७२५ पटक पढिएको

कोभिड-१९ बाट मृतकका परिवारलाई पनौती नगरपालिकाद्वारा जनही २५ हजार सहयोग

असोज २४, काभ्रे। कोभिड-१९ बाट मृत्यु भएका मृतकका परिवारलाई पनौती नगरपालिकाले सहयोग रकम वितरण सुरु गरेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाले आज (आइतबार) बाट कोभिड-१९ बाट मृत्यु भएका मृतकका प्रति परिवारलाई २५ हजार रुपैयाँ सहयोग स्वरुप बितरण गरेको हो।

आज ४ वटा वडामा सहयोग रकम वितरण गरिएको छ। वडा नं. १ मा २ जना, वडा नं २ मा ३ जना, वडा नं. ३ मा ४ जना, वडा नं. ४ मा ५ जना गरि जम्मा १३ जना कोभिड-१९ का करण मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

मृतकका परिवारलाई नगर प्रमुख भीम न्यौपाने र उप-प्रमुख गीता बञ्जाराले रकम हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

जनताको सुख-दुखमा सधैं साथमा रहेको नगरपालिका प्रमुख भिम न्यौपानेले बताउनु भयो।

हालसम्म कोभिड-१९ बाट मृत्यु भएका ३९ जनाको परिवारले सहयोगका लागि निवेदन दिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो।

बाँकी वडाहरूमा भोलि (सोमबार) हस्तान्तरण गरिने तिमल्सिनाले जानकारी बताउनुभयो।


प्रतिक्रिया दिनुहोस