काभ्रेमा राष्ट्रिय परिचयपत्र अभियान सम्पन्न, २ लाख ८ हजार ८२९ जनाले फोटो खिचाए

नौलो समाचार संवाददाता
२०७८ आश्विन २५, सोमबार मा प्रकाशित १११० पटक पढिएको
काभ्रेमा राष्ट्रिय परिचयपत्र अभियान सम्पन्न, २ लाख ८ हजार ८२९ जनाले फोटो खिचाए

असोज २५, काभ्रे। राष्ट्रिय परिचयपत्र अभियान काभ्रेमा सम्पन्न भएको छ। काभ्रेमा २ लाख ८ हजार ८२९ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन।

काभ्रेमा गत फागुन ६ गतेबाट राष्ट्रिय परिचयपत्र अभियान सुरु भएको थियो। असोज २१ अभियान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार पनौती नगरपालिकामा ३० हजार ३९९ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जानकारी दिएका छन्। यस्तै, बनेपा नगरपालिकामा ३० हजार १९२ जना, पाँचखाल नगरपालिकामा २२ हजार ५२२, धुलिखेल नगरपालिकामा १८ हजार ३५८, नमोबुद्ध नगरपालिकामा १८ हजार ६९५, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन्।

यसैगरी, बेथानचोक गाउँपालिका १० हजार ९७ जना, तेमाल गाउँपालिका नौ हजार २९, महाभारत गाउँपालिका सात हजार ६८९, रोशी गाउँपालिकामा १२ हजार ७६९, भुम्लु गाउँपालिका नौ हजार ६०३, चौँरीदेउराली गाउँपालिका सात हजार ८९६, खानीखोला गाउँपालिकामा चार हजार ९६८ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट ८ हजार ९०० जनाले फोटो खिचाएका छन्। जिल्ला प्रशासन बाहेक पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने कार्य स्थगन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

काभ्रेको रोशी गाउँपालिकाबाट सुरु भएको अभियान बनेपमा आएर सम्पन्न भएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाका १३ वटै पालिका र प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको थियो ।

प्रतिक्रिया दिनुहोस