नेपाल जेसिजद्वारा पनौती जेसिजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार

नौलो समाचार संवाददाता
२०७८ आश्विन २६, मंगलबार मा प्रकाशित ५५१ पटक पढिएको

नेपाल जेसिजद्वारा पनौती जेसिजलाई त्रैमासिक उत्कृष्ट पुरस्कार

असोज २६, काभ्रे। नेपाल जेसिजले पनौती जेसिजलाई सम्मान गरेको छ। सीआइ पनौतीले गरेको कार्यहरुको उचित मुल्यांकन गर्दै नेपाल जेसिजले सम्मान गरेको पनौती जेसिजका अध्यक्ष जेसी मिरा गिरीले बताउनुभयो।

हरेक तीन महिनामा देशभरका विभिन्न क्षेत्रका जेसीजलाई नेपाल जेसिजले त्रैमासिक उत्कृष्ट पुरस्कारले सम्मान गर्ने गरेको छ।

त्रैमासिक उत्कृष्ट पुरस्कार पनौती जेसिज सम्मनित भएको सम्भवत: यो पहिलो भएको अध्यक्ष जेसी मिरा गिरीले बताउनुभयो। क्षेत्र ‘ग’ अन्तर्गत पनौती जेसिज सम्मनित भएको हो।

आफ्नो अध्यक्षतामा पनौती जेसीज सम्मनित हुनुमा सम्पूर्ण पदाधिकारीहरुको साथ र सहयोग बाट मात्र सम्भव भएको भन्दै जेसी गिरीले सबैमा ध्यांवाद ज्ञापन गर्नुभएको छ।

उहाँले नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसी आइ सिनेटर अरुनेश्वर खनाल, पनौती जेसीजका लागी निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शिब प्रसाद भुसाल, पनौती जेसीजका लागी निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी बिमला सुबेदी कार्कीलगायत पनौती जेसीज बर्ष २०२१ का बोर्डका पदाधिकारीहरु पुर्ब अध्यक्षहरु, पनौती जुनियर जेसीज अध्यक्षलगायत बोर्डका पदाधिकारीहरु, नेपाल जेसीजका सम्पूर्ण परिवारप्रती हार्दिक आभार व्यक्त गर्नुभएको छ।री
अध्यक्ष बर्ष 2021


प्रतिक्रिया दिनुहोस