विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

नौलो समाचार संवाददाता
२०७८ आश्विन २७, बुधबार मा प्रकाशित ३५६ पटक पढिएको

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

असोज २७, काभ्रे। नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ।

शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ।

समितिका अनुसार शुक्रबार ८ बजेर १९ मिनटमा घटस्थापनादेखि पूजा गर्न थालिएकी देवीलाई विर्सजन गर्ने साइत छ।


प्रतिक्रिया दिनुहोस