भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि

नेपाल उपविजेतामा सीमित
नौलो समाचार संवाददाता
२०७८ आश्विन ३१, आईतबार मा प्रकाशित ९२३ पटक पढिएको
भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि

असोज ३१ , काठमाडौं। भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

आठौं पटक च्याम्पियन बन्ने क्रममा भारतले माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्यो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले जनही एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

यस्तै खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

२८ वर्षपछि उपाधि नजिक पुगेको नेपालको पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रह्यो । तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस