गृहमन्त्री खाँणद्धारा १२ सिडियोको सरुवा

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १, सोमबार मा प्रकाशित ५६१ पटक पढिएको
गृहमन्त्री खाँणद्धारा १२ सिडियोको सरुवा

कार्तिक १ , काठमाडों। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो ।

गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त गरी कैलालीका खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाखाँचीबाट गृहमन्त्रालय तानिएको छ । राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस