काभ्रे जिल्लाभर ३७ सक्रिय संक्रमित, आज ७ जना थपिदा, ६ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ४७८ पटक पढिएको

काभ्रे जिल्लाभर ३७ सक्रिय संक्रमित, आज ७ जना थपिदा, ६ जना निको भए

कात्तिक ४, काभ्रे। काभ्रेमा आज ७ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ६ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ३७ जना सक्रिय संक्रमित रहेका छन्।

केहि समय अगाडीको कोरोना हटस्पट रहेका बनेपा, धुलिखेल, पनौती, पाँचखालमा आज ९ जना बन्दा कमको हाराहारीमा रहेको छ।

यस्तै जिल्लाका चौरीदेउराली गाउँपालिका, रोशी, खानीखोला, महाभारत गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ।

यस्तै आज काभ्रेमा थपिएका ७ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा २ जना, धुलिखेलमा २, पनौतीमा १, नमोबुद्धमा १, पाँचखालमा १ जना संक्रमित थपिएका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ७०४ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस