बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ८४२ पटक पढिएको
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

कात्तिक ४, काठमाडौं। आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा गएको बाढी तथा पहिरो र डुबानका कारण १०४ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ । यस्तै २० जना घाइते र १३ जना बेपत्ता छन् ।

यसैगरी प्रदेश २ मा १ जना बेपत्ता हुँदा बागमतीमा प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएका छन् । यसैगरी लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् भने कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।

यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता छन् । हालसम्म कुल घाइते ४१ र बेपत्ता पनि ४१ जना नै रहेका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्धारको कार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस