कात्तिक ६, काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार ९३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख ८ हजार ५३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८१७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । थप ८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३४५ जना पुगेको छ ।
अहिले १० हजार ५५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ।
प्रतिक्रिया दिनुहोस