काभ्रेको ७ वटा पालिकामा संक्रमित शुन्य, आज १० जना थपिए

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित ६९७ पटक पढिएको

काभ्रेको ७ वटा पालिकामा संक्रमित शुन्य, आज १० जना थपिए

कात्तिक ९, काभ्रे। काभ्रेमा आज १० जना कोरोना संक्रमित थपिएका छन्। आज जिल्लाभर डिस्चार्ज हुनेको संख्या भने शुन्य रागेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४० जना सक्रिय संक्रमित रहेका छन्।

केहि समय अगाडीको कोरोना हटस्पट रहेका बनेपा र धुलिखेल नगरपालिकामा सक्रिय संक्रमितको संख्या १०/१० जना रहेको छ। यस्तै, पनौतीमा ८ तथा पाँचखालमा ५, नमोबुद्धमा ३ र बेथानचोक गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकले देखेको छ।

अन्य ७ वटा पालिकामा भने संक्रमितको संख्या शुन्य रहेको छ।

आज थपिएका १० जना संक्रमित मध्ये पीसीआर परिक्षणबाट बनेपाका ३ जना, धुलिखेलका ४, पाँचखालमा १ जना तथा एन्टिजेन परिक्षणबाट पनौतीमा २ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ७२० पुगेको कार्यालयले जनाएको छ।

४ हजार ४१२ जनाले लगाए खोप 

यसैविच, आज काभ्रेमा ४ हजार ४१२ जनाले भेरोसेलको पहिलो र दोश्रो तथा कोभिशिल्डको दोश्रो मात्र खोप लगाएका छन्। पहिलो र दोश्रो गरी हालसम्म काभ्रेमा खोप लगाउने संख्या ३ लाख ४८ हजार ९२८ रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस