काभ्रेमा आज ७ जना संक्रमित थपिए, जिल्लाभर संक्रमितको संख्या ४५

४ हजार ४१२ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ कार्तिक १०, बुधबार मा प्रकाशित ५७० पटक पढिएको
काभ्रेमा आज ७ जना संक्रमित थपिए, जिल्लाभर संक्रमितको संख्या ४५

कात्तिक १०, काभ्रे। काभ्रेमा आज ७ जना कोरोना संक्रमित थपिएका छन्। आज जिल्लाभर डिस्चार्ज हुनेको संख्या भने २ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४५ जना सक्रिय संक्रमित रहेका छन्।

केहि समय अगाडीको कोरोना हटस्पट रहेका बनेपा र धुलिखेल नगरपालिकामा सक्रिय संक्रमितको संख्या ११ जनाको हाराहारीमा रहेको छ। यस्तै, पनौतीमा ८ तथा पाँचखालमा ४, नमोबुद्धमा ५ र बेथानचोक गाउँपालिकामा ४, चौरीदेउरालीमा २, मण्डनदेउपुरमा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकले देखेको छ।

अन्य ५ वटा पालिकामा भने संक्रमितको संख्या शुन्य रहेको छ।

आज थपिएका ७ जना संक्रमित मध्ये पीसीआर परिक्षणबाट बनेपाका १ जना, धुलिखेलका १, नमोबुद्धमा २, चौरीदेउरालीमा २, मण्डनदेउपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ७२७ पुगेको कार्यालयले जनाएको छ।

४ हजार ४१२ जनाले लगाए खोप

यसैविच, आज काभ्रेमा ४ हजार ७४५ जनाले भेरोसेलको पहिलो र दोश्रो तथा कोभिशिल्डको दोश्रो मात्र खोप लगाएका छन्। पहिलो र दोश्रो गरी हालसम्म काभ्रेमा खोप लगाउने संख्या ३ लाख ५३ हजार ६७३ रहेको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस