पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैया बढ्यो

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार मा प्रकाशित ६७८ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाना पकाउने ग्यासमा ५० रुपैया बढ्यो

कात्तिक १२, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।

निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो ।

जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ।

यस्तै, खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ। योसँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय पुगेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस