पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता नगरे निगमका अधिकारीलाई कालो मोसो दल्ने चेतावनी

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १४, आईतबार मा प्रकाशित ५८१ पटक पढिएको

पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता नगरे निगमका अधिकारीलाई कालो मोसो दल्ने चेतावनी

कात्तिक १४, काठमाडौं। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको छ।

टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको दाबी गर्नु भयो। उहाँले तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई कालो मोसो दल्न पछि नपर्ने चेतावनी दिनुभएको छ।

अध्यक्ष गजुरेलले मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनु भएको छ । नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो, भने खाना पकाउने एलपी ग्यासमा ५० रुपैया मूल्यवृद्धि गरेको छ। त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस