सामलिङ पावरको आईपीओ बाँडफाँट कहिले ? भाग्यमानी ६७ हजारले पाउनेछन् १०/१० कित्ता

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १५, सोमबार मा प्रकाशित ६९१ पटक पढिएको
सामलिङ पावरको आईपीओ बाँडफाँट कहिले ? भाग्यमानी ६७ हजारले पाउनेछन् १०/१० कित्ता

कात्तिक १५, काठमाडौं। भोलि अर्थात मंगलबार बिहान सामलिङ पावर कम्पनीको आईपीओ बाँडफाँट हुने भएको छ ।

मंगलबार बिहान साढे ८ बजे आईपीओ बाँडफाँट हुने हुने भएको हो । कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले मात्र १०/१० कित्ता पाउनेछन् । २२ लाख बढी आवेदकको हात खाली हुने देखिएको छ ।

कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुको लागि, ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस