कात्तिक २३, काठमाडौं। कोरोना संक्रमित हुनेमा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३१ देखि ४० वर्ष समूहका व्यक्ति सबैभन्दा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ५३३ जना संक्रमित भेटिएकोमा ११२ जना मात्र ३१ देखि ४० वर्षका उमेरका व्यक्ति छन्।
यस्तै, २१ देखि ३० वर्षका ९८ जना, ४१ देखि ५० वर्षका ६७ जना, ५१ देखि ६० वर्षका ४८ जना, ६१ देखि ७० वर्षका ४६ जना, ७१ देखि ८० वर्षका २९ जना, ११ देखि २० वर्षका २२ जना, ८० वर्ष माथिका ११ जना र १० वर्षसम्मका ९ र अज्ञात १ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस