सांगीतिक क्षेत्रमा ईट्टा थप्न भक्तपुरमा ‘रागरागिनी ईन्टरटेन्मेन्ट’ को स्थापना

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २४, बुधबार मा प्रकाशित ७२३ पटक पढिएको

सांगीतिक क्षेत्रमा ईट्टा थप्न भक्तपुरमा ‘रागरागिनी ईन्टरटेन्मेन्ट’ को स्थापना

कात्तिक २४, भक्तपुर। रागरागिनी ईन्टरटेन्मेन्ट प्रा.लि को एक कार्यक्रम विच शुभारम्भ गरिएको छ।

सङ्गीत र मनोरंजनको क्षेत्रमा इट्टा थप्ने उद्देश्यले स्थापना गरिएको उक्त संस्थाको नेकपा एमाले केन्द्रिय सदस्य तथा चाङु नारायण नगरपालिका का मेयर सोम मिश्र, सुर्य बिनायक नगरपालिका का मेयर बासुदेब थापा तथा नेकपाका नेता निर्मल भट्टराईद्वारा संयुक्तरूपमा  आज (वुधबार)उद्घाटन भएको हो।

रागरागिनीका प्रमुख कार्यकारी निर्देशक तथा गायक कपिल कसपालको सभापतित्वमा भएको कार्यक्रमको सुरुमा रागरागिनीको गतिविधि तथा उदेश्यको बारेमा  स्वयम् कपिल कसपालले प्रकाश पार्नु भएको थियो। भविष्यमा भक्तपुरमा आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम को ब्यवस्थापन गर्ने event organizer को रूपमा स्थापित गर्ने योजना रहेको उहाँले बताउनु भयो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सोम मिश्रले सांगीतिक रूपमा संघर्ष गर्दै रहेको कसपालको मेहनतले परिणाम ल्याउन सुरु गरेको बताउनु भयो। विभिन्न कार्यक्रमहरु आयोजना गरिसकेको र भविष्यमा पनि फेरि ठुलो कार्यक्रमहरु रागरागिनीले आयोजना गरेर सफल बनाउने बिश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले रागरागिनीको सबै कार्यको सफलताको कामना गर्दै ब्यक्तिगत रूपमा कसपाल निकै मेहनती रहेको बताउदै अब गीत संगीत, साहित्यलाई प्रोत्साहन गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउदै रागरागिनिको प्रगतीको कामना गर्नुभयो।

त्यसैगरी नेता निर्मलकुमार भट्टराईले गीत सङीतको बर्तमान पाटोको विश्लेषण गर्दै राम्रा गीत निर्माण हुनुपर्ने र एउटै सृजनाले युग जितेको उदाहरण प्रस्तुत गर्नुभयो। त्यसैगरी आफ्ना मौलिक सृजनाहरुलाई श्रोता तथा दर्शकले माया गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो। अब भविष्यमा हुने रागरागिनीको क्रियाकलापमा आफू पनि सहभागी हुने बताउदै सबै खाले सहयोग गर्न तत्पर रहेको कुरा बताउनुभयो।

कार्यक्रममा विभिन्न संचार माध्यमका प्रतिनिधि, संगीतप्रेमीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा रागरागिनीका अध्यक्ष पार्बती श्रेष्ठ तथा सुर्यमाया कसपालद्वारा पुजा तथा टीका प्रसाद लागाइएको थियोे।
रागरागिनीले अब केही दिनमा नै दुइवटा गीतको भिडियो निर्माण गर्न लागेको र एक सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको कपिल कसपालले बताउनु भयो।


प्रतिक्रिया दिनुहोस