पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै विप्लव नेकपाद्वारा नेपाल बन्दको घोषणा ! (विज्ञप्तिसहित)

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार मा प्रकाशित ५९५ पटक पढिएको

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै विप्लव नेकपाद्वारा नेपाल बन्दको घोषणा ! (विज्ञप्तिसहित)

कात्तिक २६, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढाईएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका महासचिव विप्लवले बिहीबार एक प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गर्नुभएको हो ।

महासचिव विप्लवले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गर्नुभएको हो।

‘पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिले निश्चित रुपमा यातायात लगायत आयात गरिने सबै सामानहरूको मूल्यमा पनि बृद्धि हुनेछ । भर्खरै भएको मूल्य बृद्धिसँगै जनताले एकातिर करिब २०० प्रतिशत बढी मूल्य भुक्तानी गर्न बिवश हुनेछन् भने अर्कोतिर त्यसको प्रभावले सार्बजनिक यातायातसहित ढुवानी गरिने सम्पूर्ण सरसामानहरूमा मूल्यबृद्धि हुनेछ । यसबाट नेपाली उपभोक्ता कैयौँ गुणा बढी मारमा पर्नेछन् ।’ बिज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् पूरा विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस